महिला जागरण संघको साधारण सभामा २० जनालाई सम्मान

गणेश घिमिरे
चैत्र १३
महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा लामो समयदेखि यस संस्थाले काम गर्दै आएको छ । सभा तथा अधिबेशनको अवसरमा संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुरयाउने २० जना ब्यक्तित्वलाई सम्मान गरेको छ । संस्था मार्फत सञ्चालन गरीएको माइभगवती बृद्धाश्रम सञ्चालनका लागि आर्थिक सहयोग गर्ने, अक्षयकोषका लागि सहयोग गर्ने, खानेपानी ब्यबस्थापनका लागि सहयोग गर्ने बिभिन्न सामाग्री देखि लत्ताकपडा सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गरेको हो ।

यस्तै संस्थाले संस्थाका कर्मचारी राम मगर एवं बृद्धाश्रमका कर्मचारीद्धय भिम रिजाल र सरस्वती गौलिलाई पनि सम्मान गरेको छ । संस्थाकी अध्यक्ष अनुजा शिबाकोटी, इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बू, कोशि प्रदेश सदस्य बन्दना अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो । सभाको उद्घाटन सत्रमा अध्यक्ष अनुजा शिबाकोटीले संस्थाको र संस्था मार्फत सञ्चालित बृद्धाश्रमको बार्षिक प्रगति प्रतिबेदन एवं संस्थाकी सदस्य पूष्पा लिम्बू र माइभगवती बृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष कोमल निरौलाले आश्रमको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिका ८ का वडाध्यक्ष दलमान तामाङ, वडा नम्बर १० का वडाध्यक्ष दिलिप प्रधान लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाले सञ्चालन गरेको माइभगवती बृद्धाश्रम इलाम नगरपालिका १० गोदकमा रहेको छ । आश्रममा हाल २ जना पुरुष सहित १० जना आश्रित रहेका छन् । 

प्रतिकृया दिनुहोस

इलाममा सडक फुड फेस्टिबल सुरु

गणेश घिमिरे चैत्र ३१, इलाम     स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना 

गणेश घिमिरे चैत्र २९, इलाम  स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष

पर्यटकीय गन्तब्य बन्दै पानीटार, पर्यटन प्रबद्र्धन गर्न महोत्सवको आयोजना

गणेश घिमिरे चैत्र २४, इलाम     पूर्वी नेपालको पहाडी जिल्ला इलाम देशकै प्रमुख पर्यटकीय जिल्ला मध्येको एक हो । पहाडकी रानी नामले समेत चिनीने इलाममा